बुधबार, भदौ १०, २०८३

धनगढीमा ‘ग्याङ फाइट’, दुई घाइते

धनगढीमा दुई युवा समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन्।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

कैलाली- धनगढीमा दुई युवा समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका-१३, राजपुरमा शुक्रबार राति दुई युवा समूहबीच खुकुरी प्रहार हुँदा स्थानीय दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

घटनामा गम्भीर घाइते एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता प्रतीक विष्टले जानकारी दिए। एकको भने धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने दुई जना वडा नम्बर २ का रहेको बुझिएको छ। उनीहरु यसअघिको झगडाको रिस साँध्न ८–१० जनाको समूहमा राजपुर गएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 18, 2020| 10:57 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।