बुधबार, भदौ १०, २०८३

कोरोना परीक्षणको दायरा बढाउन कांग्रेसको अपिल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ।

कांग्रेस पदाधिकारीहरुको शनिबार बसेको बैठकले समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद रूपमा लिँदै संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिन सरकारसँग अपिल गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा पीपीई, परीक्षण किट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न आग्रह गरिएको छ।

बैठकले विद्यमान संकटबाट नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ।

साथै बैठकले स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ बैठकले देशभरिका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान प्रकट गरेको छ।

बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ।

स्वास्थ्य सामग्री खरिदमा बजार मूल्यभन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न र उनीहरुमाथि छानबिन तथा काबारहीमा ढिलाइ नगर्न पनि बैठकले आग्रह गरेको छ।

देशबाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन बैठकले सरकार समक्ष माग गरेको छ।

कांग्रेसले ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र सहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीका लागिपनि तत्काल राहत घोषणा गर्न माग गरेको छ।

विज्ञप्तिमा साना ठुला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पुर्याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज व्यावहारिक ढंगले ल्याउन माग गरिएको छ।

अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न/गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

साथै लकडाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न माग गरिएको छ। 

बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग गर्न स्थानीय सरकारहरुलाई अपिल गरेको छ।

साथै बैठकले विदेशमा रहेका सबै नेपालीको स्थितिप्रति विशेष ध्यान दिन, नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले संकट सामना गर्न अपिल गरेको छ।

बैठकले प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबैमा अनुरोध गरेको छ। ।

यस्तै कांग्रेसले कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समुहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रिय सभाका प्रतिपक्षी नेता समेत सहभागी थिए।

प्रकाशित: Jul 18, 2020| 22:15 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।