बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमतीमा ८५३ जनालाई कोरोना संक्रमण (कुन जिल्लामा कति?)

बागमतीमा ८५३ जनालाई कोरोना संक्रमण (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितकाे संख्या ८५३ पुगेकाे छ। शनिबार दुई जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ८५३ पुगेको हो।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितकाे संख्या ८५३ पुगेकाे छ। शनिबार दुई जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ८५३ पुगेको हो।

पछिल्लोपटक नुवाकोटमा एक जना र मकवानपुरमा एक जनामा कोरोना भाइरस संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये चार सय ३२ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार प्रदेशमा रसुवा जिल्ला कोरोनामुक्त भएको छ। रसुवा संक्रमित ११ जना डिस्जार्च भएका छन्। रसुवा कोरोनामुक्त भए पनि जोखिम कायमै रहेको मन्त्रालयका प्रवक्ता पुरुषोत्तमराज सेढाईंले बताएका छन्।

प्रदेशमा ४ सय १२ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। यस्तै कोरोना भाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ४६, ललितपुरमा ७५, भक्तपुरमा ४९ जना संक्रमित भएका छन्।

दोलखामा सबैभन्दा कम अर्थात् १० जनामा संक्रमण देखिएको छ। यस्तै नुवाकोटमा ३५, धादिङमा एक सय ३०, चितवनमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सिन्धुलीमा २४, मकवानपुरमा ३८, रामेछापमा ३३, काभ्रेमा २० र सिन्धुपाल्चोकमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको शनिबार जारी बुलेटिनमा जनाइएको छ।

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ। तीमध्ये ६६.७ अर्थात् ११ हजार ६७३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ।

प्रकाशित: Jul 18, 2020| 18:57 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।