काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सहित देशभर हालसम्म कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको संख्या १७ हजार ५०२ पुगेको छ।
विगत २४ घण्टामा विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभरका विभिन्न क्वारेन्टिनमा २३ हजार २७५ जना बसिरहेका छन्।
कोरोना संक्रमण पुष्टि भएर हाल आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या ५ हजार ८२५ छ।
पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज भएका व्यक्तिको संख्या ११ हजार ६३७ छ। यो जम्मा संक्रमितको ६६.१२ प्रतिशत हो।
कोरोना संक्रमण पुष्टि भएर नेपालमा मृत्यु हुनेको संख्या ४० छ।