बुधबार, भदौ १०, २०८३

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यको प्रयास गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यको प्रयास गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाव दिएपछि सुरु भएको विवाद अन्त्यका लागि सचिवालय बैठक बसेको हो।

बैठक दिउँसाे सवा तीन बजे बालुवाटारमा सुरु भएकाे नेकपामा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

राजीनामा दिनै पर्ने र दिँदै नदिने अडानका कारण स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।

पछिल्लो पटक भोलि दिउँसोसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरी आज सचिवालय बैठक बसेको हो।

बैठकमा पार्टीभित्र जारी विवाद अन्त्यका लागि दुबै पक्ष हदैसम्मको लचक हुने तयारी छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि उत्पन्न विवाद थुप्रै पटकको छलफलबाट पनि अन्त्य हुन सकेको छैन।

प्रकाशित: Jul 18, 2020| 15:29 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।