आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ११२ जना डिस्चार्ज

कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ११२ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज दिउँसो बर्दियामा तीन, अछाम र पर्सामा एक/एक जना तथा काठमाडौं घर भई बारामा कार्यरत एक जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा आजमात्रै  ७८ नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमितको संख्या ६८२ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा आइसोलेसनमा रहेका संक्रमितहरु प्रदेश नं १ मा ६० जना, प्रदेश नं २ मा २ सय १ जना, बागमतीमा २६ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा २ सय ५६, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन्।

त्यस्तै रियालटाइम पोलीमर चेन रियाक्सन (पीसीआर) विधिबाट आजसम्म ५१ हजार ६ सय ४२ नमुनाहरु परीक्षण भएका छन्। त्यस्तै आजको दिनसम्म क्वारेन्टाइनमा रहेकाको संख्या ४६ हजार २९ रहेको मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ।

प्रकाशित: May 25, 2020| 16:47 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।