शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’ बीच १४ बुँदे सहमति

सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’ बीच १४ बुँदे सहमति

 |  शनिबार, भदौ ६, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०८३

काठमाडौं। नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’ बीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गनरेका छन्।

प्रकाशित: Aug 22, 2026| 20:20 शनिबार, भदौ ६, २०८३
प्रतिक्रिया दिनुहोस्