बुधबार, भदौ १०, २०८३

सचिवालय बैठकअघि ओलीले बोलाए प्रचण्डलाई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यका लागि विभिन्न प्रयासहरु भइरहेका छन्।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यका लागि विभिन्न प्रयासहरु भइरहेका छन्।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिन माग भएपछि सुरु भएको विवाद पटकपटकको छलफलमा पनि सल्टिन सकेको छैन।

दुई अध्यक्षकै अडानका कारण समाधान हुन नसकेको विवादले स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ भने आजका लागि सचिवालय बैठक बोलाइएको छ।

सचिवालय बैठकअघि दुई अध्यक्ष पुनः छलफलमा जुटेका छन्। ओली कुनै पनि पदबाट राजीनामा नदिने अडानमा र प्रचण्ड जसरी पनि राजीनामा दिनुपर्ने अडानमा रहेका कारण नमिलेको विवाद मिलाउन आज ओली आफैँ तातिएका हुन्।

सचिवालय बैठकअघि ओलीले प्रचण्डलाई बोलाएर विवाद समाधानको आधार तयार पार्ने प्रयास गरेको स्रोतको भनाइ छ।

ओलीले सचिवालय बैठकमा निष्कर्ष दिने गरी प्रचण्डसँग जिम्मेवारी बाँडफाँडको प्रस्तावमा छलफल गर्न लागेकाे बुझिएकाे छ।

ओली लचिलो बनेपछि नेकपामा आधा झण्डै एक महिनादेखि जारी विवाद अन्त्य हुने सम्भावना बढेको छ।

ओलीले कुनै पनि पदबाट आफूले राजीनामा नदिने बताउँदै आएको भए पनि पार्टीको स्थायी कमिटी तथा केन्द्रीय कमिटीका बहुमत सदस्यहरु आफ्नो विरुद्धमा रहेको ठानेपछि एउटा पद छोड्ने मनस्थितिमा पुगेका छन्।

यसअघि पनि प्रचण्डलाई कार्यकारी अध्यक्ष पद दिइएको भए पनि पुरै अधिकार नदिँदा प्रचण्डले आफ्नो तजबिजीमा पार्टीका बैठकहरुको नेतृत्व गर्न पाएका थिएनन्।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ। पछिल्लो पटक भोलि साउन ४ गतेका लागि बोलाइएको छ।

प्रकाशित: Jul 18, 2020| 14:41 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।