धनगढी– सुदूरपश्चिम प्रदेशमा थप आठ जना कोरोना संक्रमित भेटिएका छन् । धनगढीस्थित प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३७ जनाको कोरोना परीक्षण हुँदा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका कोरोना संक्रमित कैलालीको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १४, १५ र १८ मा दुई–दुई जना तथा वडा नम्बर १ का एक जना छन् ।
यस्तै, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको वडा नम्बर ५ का एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।