बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालको पहिचान विश्वसामु पुर्‍याउन वरिष्ठ नेता पौडेलको आग्रह

नेपालको पहिचान विश्वसामु पुर्‍याउन वरिष्ठ नेता पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन्।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन्।

नेपाली कांग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा आरोहीको स्वागत कार्यक्रममा पौडेलले यस्तो बताएका हुन्।

वरिष्ठ नेता पौडेलले व्यक्तिगतभन्दा पनि व्यावसायिक हितमा दृढतापूर्वक लाग्न आग्रह गर्दै साहसिक पर्यटन नेपालको विशिष्ट पहिचानसँग जोडिएको र यो विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

उनले नेपालको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउनेतर्फ पनि युवा आरोहीले भूमिका खेल्नुपर्नेमा जोड दिए। वरिष्ठ नेता पौडेलले पार्टीभित्र गुटमा लाग्नुभन्दा पनि लोकतान्त्रिक चरित्रलाई प्रश्रय दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्वमन्त्री नवीन्द्रराज जोशी, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा , पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा लगायतले नेपालको प्रमुख पर्यटकीय आकर्षणका रुपमा रहेको पर्वतीय पर्यटनलाई व्यवस्थित ढंगले विकास गर्दै नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन गर्न साहसी आरोहीले खेलेको भूमिकाको प्रशंसा गरे।

प्रकाशित: Jul 18, 2020| 14:50 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।