बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विभिन्न ठाउँमा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

विभिन्न ठाउँमा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन्।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

सुर्खेत- कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन्।

लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको छ।

जिल्लाको टाकुल्ला, चौखोलालगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ। पछिल्लो समयमा दुई दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण थुप्रै यात्रु तथा मालवाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए।

सडक सञ्चालनका लागि स्थानीयवासी, प्रहरी, तिलागुफा नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ। कर्णाली राजमार्गको सुनारखोला, पिली, मान्मलगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए। रासस

प्रकाशित: Jul 18, 2020| 18:22 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।