बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपामा नयाँ मोड, मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालको समर्थन

नेकपामा नयाँ मोड, मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालको समर्थन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले नयाँ मोड लिएको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले नयाँ मोड लिएको छ।

शनिबार साँझ बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन्।

उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरेका छन्।

ओलीको प्रस्तावमा विश्वास गर्न नसकिने र मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेता भने असन्तुष्ट देखिएका छन्।

यसअघि दाहाल–नेपाल समूहले ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्ने बताउँदै आएका थिए।

अध्यक्षद्वय ओली र दाहालको बोली एउटै भएपछि नेकपाको विवादले नयाँ मोड लिएको हो।

माधव नेपाल पक्ष नेताहरु भने पुरानै अडानमा छन्।

प्रकाशित: Jul 18, 2020| 21:56 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।