सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीभित्र देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृतिविरुद्ध आफूहरु लडाइँ लडिरहेको बताएका छन्।
विभिन्न मुलुकमा अलपत्र १ हजार ३१३ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्।
पार्टीभित्र देखिएको गतिरोधका बारेमा आफू निकटका पत्रकारहरुसँगको अनौपचारिक भेलामा उनले आफैँ सहभागी भएका बैठकले गरेका निर्णयसमेत मान्दिन भनेपछि पार्टी ठूलो संकटमा पुगेको बताएका हुन्।
सरकारले सामूहिक कोरोना बिमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको छ। बिमा समितिले बुधबार पत्रकार सम्मेलन गरी सामूहिक कोरोना बिमाको प्रिमियमा छुट दिने जनाएको हो।
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको महाधिवेशनमा जितेको फुर्ती नदेखाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
काठमाडौंको बिजलुीबजारमा बुधबार सीमित पत्रकार भेला आयोजना गरी नेताहरूले अध्यक्ष ओली पार्टीभन्दा पनि माथि आफू मात्रै रहेको भन्दै एकलौटी हिँड्न खोजेको बताएका हुन्।