बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले एकलौटी पार्टी चलाउन खोजेको दाहाल–नेपाल समूहको आरोप

ओलीले एकलौटी पार्टी चलाउन खोजेको दाहाल–नेपाल समूहको आरोप

काठमाडौंको बिजलुीबजारमा बुधबार सीमित पत्रकार भेला आयोजना गरी नेताहरूले अध्यक्ष ओली पार्टीभन्दा पनि माथि आफू मात्रै रहेको भन्दै एकलौटी हिँड्न खोजेको बताएका हुन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाभत्रको विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी पार्टी चलाउन खोजेको आरोप लगाएका छन्।

काठमाडौंको बिजलुीबजारमा बुधबार सीमित पत्रकार भेला आयोजना गरी नेताहरूले अध्यक्ष ओली एकलौटी हिँड्न खोजेको बताएका हुन्। उनीहरुले  ओलीलाई आफू पार्टीभन्दा माथि रहेको भ्रम रहेकाे भन्दै उनकाे आलाेचना गरे।

ओलीले पार्टीको विधिपद्धति समेत लत्याउँदै हिँड्न खोजेको नेताहरुको आरोप छ।

अध्यक्ष दाहालले पार्टीमा आफू मात्रै सबैथोक भएको भन्ने अहम् ओलीमा देखिएको भन्दै सरकारले एकपछि अर्काे विवादित काम गरिरहेको आरोप लगाए।

वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीले हालै भएका राजनीतिक नियुक्तिप्रति आपत्ति जनाउँदै पार्टीलाई कमजोर बनाउने काममा लागेको आरोप लगाए।

अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा पार्टीभित्र गुट चलाएको आरोप लगाए।

प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वलाई सच्चाउन प्रयास गरिए पनि नसकिएको भन्दै अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नु आवश्यक देखिएको बताए।

भेलामा स्थायी कमिटी सदस्य रघुजी पन्त, पम्फा भुसाललगायत पनि थिए।

 

प्रकाशित: Aug 05, 2020| 16:51 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।