बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुवेत पठाउने भन्दै महिलालाई भारतमा बन्धक बनाउने पक्राउ

कुवेत पठाउने भन्दै महिलालाई भारतमा बन्धक बनाउने पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै चार जना महिलालाई भारत लगेर बन्धक बनाउने एक जनालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै चार जना महिलालाई भारत लगेर बन्धक बनाउने एक जनालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण व्यूरोको टोलीले सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ स्थायी घर भई काठमाडांै गोकर्णेश्वार–३ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई पक्राउ गरेको हो।

तामाङले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौंका चार जना महिलाहरुलाई कुवेतमा राम्रो तलबमा घरायसी काममा लगाईदिने भन्दै भारतको नयाँदिल्लीको उत्तमपुरमा बन्धक बनाएको व्यूरोले जनाएको छ।

उनले महिलाको राहदानी बनाईदिने तथा मेडिकल चेकजाँचसमेतका कागजातहरु तयार गरी २०७३ साल चैतमा वीरगंज नाका हुँदै भारत लगेको प्रहरीले जनाएको छ।

बन्धक बनइएका महिलालाई नेपाली दूताबासको सहयोगमा २०७४ जेठमा उद्धार गरिएको व्यूरोले जनाएको छ।

प्रकाशित: Aug 05, 2020| 17:21 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।