बिहीबार, भदौ ११, २०८३

केयर बालगृहबाट ११ बालबालिकाको उद्धार

कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले बुधबार उद्धार गरेको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले बुधबार उद्धार गरेको छ।

परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बूढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र वडा कार्यालयको रोहबरमा बालबालिको उद्धार गरेको हो।

बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीसहितको रोहबरमा ११ बालबालिकाको उद्धार गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले जानकारी दिए।

बालगृहमा रहेका १५ मध्ये १८ वर्ष माथिकालाई उतै छोडेको कार्कीले बताए। राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको जानकारी दिइन्।

परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिइन्।

यो बालगृह पुष्पा अधिकारीले संचालन गरेकी हुन्। पुष्पाले केही दिन पहिले एक शिशुलाई कार्टुनमा चौरमा भेटिएको भन्ने कुरो नक्कली नाटक रहेको खुलेको थियो।

प्रकाशित: Aug 05, 2020| 17:15 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।