बुधबार, चैत ४, २०८२

कोरोना संक्रमणबाट मोरङमा एकै दिन २ जनाको मृत्यु

कोरोना संक्रमणबाट मोरङमा बुधबार २ जनाको मृत्यु भएको छ। संक्रमणबाट मृत्यु हुनेमा विराटनगर–९ र रंगेली–८ का पुरुष छन्।
 |  बुधबार, साउन २१, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन २१, २०७७

विराटनगर– कोरोना संक्रमणबाट मोरङमा बुधबार २ जनाको मृत्यु भएको छ। संक्रमणबाट मृत्यु हुनेमा विराटनगर–९ र रंगेली–८ का पुरुष छन्।

National life

कोसी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो।
ज्वरोका साथै जन्डिसको समस्या देखिएपछि उनलाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो।

रंगेलीका पुरुषको अस्पताल आइनपुग्दै बाटैमा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।

मृत्युपछि दुवै जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको मेसु डा. दासले बताए। रंगेली ८ भएका ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएपछि कोसी अस्पताल ल्याइएको थियो।

मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। यसअघि विराटनगर र सुनबर्षीका १–१ पुरुषको मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 05, 2020| 17:17 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।