बिहीबार, भदौ ११, २०८३

रानीपोखरीमा आकाशे पानी संकलनलाई प्राथमिकता दिइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्।

प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी, विज्ञ, अभियानकर्मी र स्थानीयवासीबीच आज (बुधबार) भएको अन्तर्क्रियामा उनले रानीपोखरीमा आकाशे पानी सङ्कलनलाई पहिलो प्राथमिकता दिइएको बताए।

रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ। दरबार हाइस्कूल, त्रिचन्द्र कलेजलगायत क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी रहेको प्राधिकरणले जनाएको छ।

विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रानीपोखरीमा हालिनेछ। कार्यक्रममा पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी सङ्कलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिए। डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने उनले बताए।

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताए। सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह एवं खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिए।

डिप ट्युबवेल प्रयोग नगर्न पनि उनले सुझाव दिए। संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनीयरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपाय अपनाउँदै पानी भर्न आग्रह गरे। स्थानीयवासी सुशील श्रेष्ठले पोखरी सफा गर्न दुई वटा निकास राख्न सुझाव दिए।

कार्यक्रममा अर्का स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधि ब्युँताउने उपायतिर लाग्न आग्रह गरेका थिए। रासस

प्रकाशित: Aug 05, 2020| 20:30 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।