बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ३१ जना डिस्चार्ज

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ३१ जना डिस्चार्ज

सुर्खेत– कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएकामध्ये सुर्खेतका सुर्खेतका ७ जना, पर्साका तीन र कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको प्रयोगशालामा परीक्षण गर्दा कालिकोटका एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या एक हजार नौ सय ५६ जना पुगेको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ७, वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ र १० का एक र वडा नं. ११ का दुई जना छन् । त्यस्तै पर्साका बहुदरमाई नगरपालिका वडा नं. ९ का तीन जना र कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ५ का एक जना पनि कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै आज नै कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३१ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार सात सय ७२ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रकाशित: Aug 05, 2020| 17:26 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।