शुक्रबार, पुस ११, २०८२

ओली–दाहाल भेटवार्ता स्थगित

पार्टीमा देखिएको विवाद समाधान गर्न आज साँझ दुई अध्यक्षबीच भेटवार्ता हुने कार्यक्रम थियो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ।

National life

पार्टीमा देखिएको विवाद समाधान गर्न आज साँझ दुई अध्यक्षबीच भेटवार्ता हुने कार्यक्रम थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता स्थगित भएको जानकारी दिए। उनका अनुसार भेटवार्ता भोलि बिहीबार बिहानका लागि सारिएको छ।

आइतबारदेखि दुई अध्यक्ष, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा संसदीय दलका उपनेता सुबास नेम्बाङबीच निरन्तर छलफल भइरहेको छ।

नेताहरुबीच पटक–पटक छलफल भए पनि निकास निस्कन सकेको छैन।

Laxmi sunrise bank
kumari

आजै अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरुले राजधानीमा सीमित पत्रकार डाकेर ओलीले एकलौटी पार्टी चलाउन खोजेको आरोप लगाएका थिए।

असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेदेखि अनिश्चित छ।

प्रकाशित: Aug 05, 2020| 17:25 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।