बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टीको निर्णय नै मान्दिन भन्दा पनि हेरेर बस्नुपर्ने विचित्रको अवस्था आयो : दाहाल

पार्टीको निर्णय नै मान्दिन भन्दा पनि हेरेर बस्नुपर्ने विचित्रको अवस्था आयो : दाहाल

पार्टीभित्र देखिएको गतिरोधका बारेमा आफू निकटका पत्रकारहरुसँगको अनौपचारिक भेलामा उनले आफैँ सहभागी भएका बैठकले गरेका निर्णयसमेत मान्दिन भनेपछि पार्टी ठूलो संकटमा पुगेको बताएका हुन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टी कमिटीका निर्णय मान्दिन भन्दा पनि हेरेर बस्नुपर्ने विचित्र स्थिति पैदा भएको बताएका छन्।

पार्टीभित्र देखिएको गतिरोधका बारेमा आफू निकटका पत्रकारहरुसँगको अनौपचारिक भेलामा उनले आफैँ सहभागी भएका बैठकले गरेका निर्णयसमेत मान्दिन भनेपछि पार्टी ठूलो संकटमा पुगेको बताएका हुन्।

‘पार्टीको निर्णय मान्दिन भन्दा पनि हेरर बस्नुपर्ने विचित्रको स्थिति पैदा भएको छ। लगातार पार्टीसँग सल्लाह र छलफल नगरेर थुप्रै कामहरु हुन थाले,’ दाहालले भने, ‘अहिले सबै भन्न आवश्यक छैन। तपाईंहरुलाई थाहा नै छ। राजदूत नियुक्ति, राजदूत फिर्ता, भिसी नियुक्ति, भूमि आयोग गठन लगायतका निर्णय एकलौटी भएका छन्।’

प्रधानमन्त्री केपी ओलीले आफूसँग बदला लिने नियतले आफूले गरेका नियुक्ति हटाइदिने काम गरेको दाहालको आरोप छ। ओलीमा अरुलाई अपमान गर्ने सोचको विकास भइरहेको उनले तर्क गरे। ‘पार्टीले गरेका निर्णय नै मान्दिन भनेपछि पार्टी एकता बच्ने कुरो भएन,’ उनले भने, ‘पार्टी एकतालाई महत्त्व दिने र सुदृढ गर्ने हिसाबले सोच्ने भन्दा पनि अरुलाई सिध्याउने खालको काम हुन थाल्यो।’

उनले आफूहरु पार्टी एकता बचाउनुपर्छ भनेर बल गरिरहे पनि अर्का अध्यक्ष पार्टीको निर्णय मान्दिन भनेर बसिरहेको बताए।

‘हामीले पार्टीका हजारौं नेता कार्यकर्ताको भविष्यलाई हेरेर पार्टी एकता गरेका हौं। पदका लागि हामीले पार्टी एकता गरेको होइन,’ उनले भने, ‘तर अहिलेको लडाइँ पदका लागि हो कि भनेर प्रचार हुने गरेको छ। त्यसो कदापी होइन।’

पद प्राप्तिको भर्‍याङका लागि पार्टी एकता नगरिएको भन्दै दाहालले गत माघमा बसेको केन्द्रीय कमिटीको बैठकलगत्तै अरुलाई सिध्याउन ओलीले अलग्गै भेला गरेको आरोप लगाए।

‘पूर्व एमालेजतिलाई एकातिर, पूर्व माओवादीमाथि आक्रमण । अझ प्रचण्ड नजिकका मानिसहरुलाई मुख्य आक्रमण गर्ने योजना बनाइयो,’ दाहालले भने, ‘पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन भन्दा पनि झन् अराजकता ल्याउने काम भएको छ।’

प्रकाशित: Aug 05, 2020| 19:45 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।