बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीमा देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृत्तिविरुद्ध लड्दै छौं : खनाल

ओलीमा देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृत्तिविरुद्ध लड्दै छौं : खनाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीभित्र देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृतिविरुद्ध आफूहरु लडाइँ लडिरहेको बताएका छन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीभित्र देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृतिविरुद्ध आफूहरु लडाइँ लडिरहेको बताएका छन्।

काठमाडौंमा बुधबार आफ्नो समूहले गरेको अनौपचारिक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले ओलीभित्र अरुलाई सिध्याएर जाने प्रवृत्ति बढेको आरोप लगाएका हुन्।

“पदको लडाइँ हो भनेर एकथरी सञ्चार माध्यमले प्रचार गरिरहेका छन्,” खनालले भने, “यसलाई यसरी नबुझौं। यो लडाइँ भनेको ओलीलाई रुपान्तरण गर्न, सम्झाउन सकिन्छ की भनेर सुरु गरिएको हो।”

ओलीले देशैभर मदन भण्डारी फाउन्डेसनमार्फत् कमिटी निर्माण गरेर गुट चलाइरहेका खनालको आरोप छ।

“एकपक्षलाई निरीह ढंगबाट आलोचना गर्ने लगायतका कामहरु भइरहेका छन्। यसरी पार्टीमा व्यापकरुपमा गुटबन्दी भएको अहिले मात्रै होइन, अगाडिदेखि नै हो,” उनले भने, “पूर्वएमाले हुँदा पनि ओलीले गुट चलाएरै आएका थिए। अब एकता भइसकेपछि सबै गुटहरु समाप्त होलान् भन्ने थियो। तर, त्यो भएन, ओलीको गुट चलिरहेको छ।”

विभिन्न नियुक्तिहरुमा प्रधानमन्त्री ओलीले आफ्नो गुट र आफ्ना मानिसहरुलाई नियुक्त गरिरहेको बताउँदै नेता खनालले कमिसन एजेन्ट, दुर्गन्धित मानिसहरुलाई नियुक्ति दिने प्रवृत्ति बढेको आरोप लगाए।

पार्टीले नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाएको भन्दै खनालले ओलीका लागि पार्टी एकता केवल उचाइमा पुग्ने भर्याङ मात्रै बनेको बताए।

प्रकाशित: Aug 05, 2020| 20:37 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।