काठमाडौं– बागमती प्रदेशमा बुधबार थप ६८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
पछिल्लोपटक संक्रमित हुनेमा काठमाडौंका ५७, ललितपुरका पाँच, मकवानपुरका तीन, धादिङका दुई र सिन्धुपाल्चोकका एक जना छन्।
योसहित प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ३२७ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। काठमाडौंमा ५९९, ललितपुरमा ११३ र भक्तपुरमा ७६ गरी काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७८८ पुगेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५४३ पुगेको छ। यो प्रदेशको कुल संक्रमितको ४०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस्तै ७८५ जनाको उपचार भइरहेको छ। यो प्रदेशमा संक्रमितको ५८.६ प्रतिशत हो।
यस्ताे छ संक्रमितको जिल्लागत विवरण
काठमाडौं : ५९९
ललितपुर : ११३
भक्तपुर : ७६
रसुवा : १२
नुवाकोट : ४४
धादिङ : १४३
चितवन : १२६
सिन्धुली : २५
मकवानपुर : ५२
रामेछाप : ३८
दोलखा : १२
काभ्रे : २३
सिन्धुपाल्चोक : ७४