बिहीबार, भदौ ११, २०८३

दिनभरमा १३०० बढी नेपाली स्वदेश फर्किए

विभिन्न मुलुकमा अलपत्र १ हजार ३१३ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- विभिन्न मुलुकमा अलपत्र १ हजार ३१३ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्। नेपाल एयरलाइन्सले दुबईबाट २६५ र दोहाबाट १५१ यात्रु काठमाडौँ ल्याएको छ।

त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ। सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु तथा दुई शव नेपाल ल्याएको छ। अबुधाबीबाट १५४ यात्रु ल्याएको छ। हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ। काठमाडौँबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो। थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ।

त्यस्तै कतार एयरवेजले २५१, इतिहाज एयरले अबुधाबीबाट १३८ र फ्लाई दुबईले १६१ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिहीबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी आठ चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ। आज (बुधबार) आन्तरिकतर्फ पनि सात वटा चार्टर्ड उडान भए। तारा र समिट एयरका जहाज तथा मनाङ, सिम्रिक र कैलाशको हेलिकप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन्। रासस

प्रकाशित: Aug 05, 2020| 20:35 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।