बिहीबार, भदौ ११, २०८३

बैंकभित्र कर्मचारीकाे आत्महत्या

सनराइन बैंकको विराटनगर शाखाका कार्यरत एक कर्मचारीले विष खाएर आत्महत्या गरेकी छन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– सनराइन बैंकको विराटनगर शाखाका कार्यरत एक कर्मचारीले विष खाएर आत्महत्या गरेकी छन्।

मुसा मार्ने विष खाएर विराटनगर–८ की ३० वर्षीया सनाज खतिवडाले बैंकभित्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाको प्रकृति हेर्दा विषय खाएको देखिएको बताए।

हातमा चोट लागेर रगत बगेको देखिएको खड्काले जानकारी दिए। बैंकको सीसी टीभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको उनले बताए।

मृतक बैंकको कर्जा शाखामा कार्यरत रहेको बुझिएको छ। उनलाई बेहोस अवस्थामै कर्मचारीले नोबेल अस्पताल लगेका थिए।
अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको खड्काले जानकारी दिए।

प्रकाशित: Aug 05, 2020| 17:35 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।