शुक्रबार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराको एक घरभित्रै ३ जनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तरोन्नती गर्ने भन्दै औपचारिक रुपमा २०७१ माघ १ गते तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीउपर छानविन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।
काभ्रेको पाँचखाल नगरपालिका–१२ देवभूमिका २३ वर्षीय राजकुमार दनुवारलाई गत बुधबार एक युवतीले फोन गरेर भेट्न बोलाइन्। युवतीले शारीरिक सम्पर्क राख्ने प्रस्तावसहित बोलाएपछि उनी बोलाएको ठाउँमा गए।