शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देश र जनतालाई केन्द्रमा राखेर काम गर्न राप्रपाको आग्रह

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड–१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा संगठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड दिए।

महामारीको प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा भएको छलफलमा उनले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका निम्ति क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरे।

आर्थिकरुपमा विपन्न जनतालाई राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दै उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकाले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

पार्टी एकतालाई निष्कर्षमा पुर्याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको अध्यक्ष थापाले सहभागीलाई जानकारी गरे।

बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा सहभागी नेताले अहिलेको अवस्थामा पार्टी एकता आवश्यक भएकाले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सुझाव दिएका थिए। रासस

प्रकाशित: Sep 11, 2020| 20:35 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।