शुक्रबार, भदौ १२, २०८३

कास्कीमा पर्सिदेखि सार्वजनिक यातायात चल्ने

कास्कीमा भाेलि भदौ २७ गते राति १२ बजेपछि निषेध आदेश सकिएसँगै पर्सिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

पोखरा- कास्कीमा भाेलि भदौ २७ गते राति १२ बजेपछि निषेध आदेश सकिएसँगै पर्सिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।

जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेध आदेश भोलि भदौ २७ गते राति १२ बजे सकिँदैछ। सीएमसीको शुक्रबार बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।

सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने बसमा ढोकामा नै सेनिटाइजरको व्यवस्था गरिनुपर्नेछ।

यस्तै भौतिक दूरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यवस्था मिलाउनुपर्ने निर्णय वैठकले गरेको छ। सार्वजनिक यातायात बिहान ६ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

निषेध आदेश खुलेपछि के गर्न पाइन्छ के पाइदैन ?

मानिसहरु भेला हुन, भिडभाड गर्न, जुलुस निकाल्न, जात्रा, महोत्सव, मेला गर्न तथा सबै धर्म संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने छैन।

विद्यालय, क्याम्पस, सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्युटीपार्लर, जिमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न पाइने छैन।

स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर निजि सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखि साँझ ८ बजेसम्म चलाउन पाइनेछ।

प्रकाशित: Sep 11, 2020| 20:05 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।