शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुन स्यानिटाइजर दल्दै हुनुहुन्छ ? यी ५ वटा गुणस्तरहीन छन्

कुन स्यानिटाइजर दल्दै हुनुहुन्छ ? यी ५ वटा गुणस्तरहीन छन्

काठमाडौं- औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं- औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो।

काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ तथा भक्तपुरका नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए।

विभागले बजारमा बिक्रीवितरणमा रहेका विभिन्न उद्योगका ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा ती उद्योगले मापदण्डविपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो।

मापदण्डविपरीत उत्पादन गरिएका ती स्यानिटाइजर प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह पनि गरेको छ।

प्रकाशित: Sep 12, 2020| 13:52 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।