भक्तपुर- भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ निकोसेराको एक घरमा ३ जनाको शव भेटिएको छ।
भक्तपुर प्रहरीका अनुसार स्थानीय सुदीप अधिकारीको घरमा उनीसहित उनकी श्रीमती र छोरोका शव भेटिएको महानगरीय प्रहरीवृत्त ठिमीका प्रहरी निरीक्षक राजिव गिरीले जानकारी दिए।
भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी दिपक गिरीले घरभित्र ३ जनाको शव भेटिएको र यसबारे थप अनुसन्धान भैरहेको जानकारी दिए।
घटनाको अनुसन्धानका लागि भक्तपुर प्रहरी प्रमुखसहितको टोली र अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ।
