शुक्रबार, भदौ १२, २०८३

पत्नीले फोन गरेर युवक बोलाइन्, पति आएर बन्धक बनाए

काभ्रेको पाँचखाल नगरपालिका–१२ देवभूमिका २३ वर्षीय राजकुमार दनुवारलाई गत बुधबार एक युवतीले फोन गरेर भेट्न बोलाइन्। युवतीले शारीरिक सम्पर्क राख्ने प्रस्तावसहित बोलाएपछि उनी बोलाएको ठाउँमा गए।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडाैं– काभ्रेको पाँचखाल नगरपालिका–१२ देवभूमिका २३ वर्षीय राजकुमार दनुवारलाई गत बुधबार एक युवतीले फोन गरेर भेट्न बोलाइन्। युवतीले बोलाएपछि उनी बोलाएको ठाउँमा गए।

फोन गर्ने युवतीले धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाइस किलोमा भेट्न बोलाएकी थिइन्। युवतीले भनेकै ठाउँमा राजकुमार भेट्न गए। त्यहाँ पुग्दा दुई युवती थिए।

उनीहरु पाँचखाल नगरपालिका–१२ तीनघरे घर भई अठ्ठाइस किलो डेरा गरी बस्ने २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थान घर भई अठ्ठाइस किलोमै डेरा गरी बस्ने २१ वर्षीया उमा परियार थिए।

राजकुमारलाई फोन गरेर बोलाउने सबिना हुन्। भेट भएपछि सबिना र उमाले राजकुमारलाई जंगलतर्फ लगे। जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरेर बसिरहेको बेला १९ वर्षीय आकाश परियार ४–५ जनाको समूह लगेर त्यहाँ पुगे। आकाश सविनाका पति हुन्।

‘पूर्व योजना अनुसार नै आकाश त्यहाँ पुगेर राजकुमारलाई बन्धक बनाई ५० हजार रुपैयाँ मागेछन्,’ काभ्रे प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले भने, ‘राजकुमार अपहरणमा परेको खबर आएपछि प्रहरीले खोजी गर्दा उनलाई बनेपा नगरपालिका–१० बुडोलबाट सकुशल उद्धार गरिएको थियो।’

प्रहरीका अनुसार राजकुमारसँग पैसा नभएपछि उनको एटीएम कार्ड लगेर बन्धक बनाउनेहरु पैसा निकाल्न बैंकमा समेत पुगेका थिए। प्रहरीले आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार पक्राउ गरेको छ।

डिएसपी थापाले उनीहरुले पूर्व योजना अनुसार नै फोन गरेर केटालाई बोलाउने र पछि पति आएर केटा कुट्ने र पत्नीलाई समेत कुटेजस्तो गर्ने अनि पैसा लगेर जाने गरेको बताए।

‘यो समूहबाट अरु पनि ठगिएको हुन सक्छन् तर, इज्जतको डरले भन्दैनन्,’ थापाले भने, ‘पक्राउ गरेको खबर बाहिर आएपछि अरु पीडितहरु पनि सम्पर्कमा आउन सक्छन्।’

पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 11, 2020| 18:20 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।