शुक्रबार, भदौ १२, २०८३

बारीमा बाँधेका गोरु काट्ने दुई पक्राउ

दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

दैलेख- दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन्।

दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुइवटै खुट्टा काटिएको छ। पुच्छर छैन। अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी काटिएको छ। दुईवटै गोरुको गर्धनमा पटक–पटक हतियार प्रयोग गरिएको छ।

भैरवी–२ रावतकोटस्थित सोबिन थापाले बारी मल्न घरदेखि टाढा गोरु बाँधेका थिए। उनको घरदेखि बारीमा पुग्न करिव पाँच मिनेट समय लाग्छ। पीडित थापाका अनुसार बिहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा गोरु भेटिए।

‘गोरुको गएराति नै खुट्टा र मुख काटिएको हुनुपर्छ, बिहान मात्रै यसबारे थाहा पाएँ’, थापाले भने। बिहान गाउँपालिका र प्रहरीलाई खबर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको छ। रातिको समयमा गोरु कराएको गाउँलेले सुनेका उनले जानकारी दिए।

सोही वडाका वडाअध्यक्ष हरिबहादुर थापाका अनुसार बाघले आक्रमण गरेको हुनसक्ने भन्दै उनीहरु त्रासले बाहिर आउन सकेनन्। गोरु काटेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

भैरवी–२ का शंकास्पदरुपमा स्थानीयवासी दुई जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिए।

‘शंकास्पद भनिएका दुई जनालाई नियन्त्रणमा लिई छानबिन गर्दैछौँ’, उनले भने, ‘यसबारेमा अहिले नै केही भन्न सकिदैन्, बाँकी अनुसन्धानका क्रममा खुल्छ, हामीले अनुसन्धान गरिरहेका छौँ।’

दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको बताए। सामान्य विवादका कारण शंकास्पद पक्राउ परेका राजु विष्टले नै गोरु काटेको थापाको आरोप छ। रासस

प्रकाशित: Sep 11, 2020| 20:50 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।