शुक्रबार, भदौ १२, २०८३

पहिरोले पुरिएर रोल्पामा दाजुभाइको मृत्यु

रोल्पामा शुक्रबार राति पहिरोले पुरिएर दाजुभाइको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं– रोल्पामा शुक्रबार राति पहिरोले पुरिएर दाजुभाइको मृत्यु भएको छ।

लुंग्री गाउँपालिका-१ ऐपे गाउँका ज्ञानसिंह घर्तिमगरको घर पहिरोले पुरिंदा उनका ८ र ११ वर्षीय दुई छोराको मृत्यु भएको हो।

वडाध्यक्ष मति पुनका अनुसार पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीले घाईतेलाई उपचारका लागि सुलिचौर अस्पताल पठाइएको जानकारी दिए।

ज्ञानसिंहका जेठा छोरा घरबाहिर रहेकाले सकुशल छन्। ८ वर्ष पहिले रोजगारीका लागि भारत गएका ज्ञानसिंह परिवारको सम्पर्कमा नरहेको वडाध्यक्ष पुनले जानकारी दिए।

प्रकाशित: Sep 12, 2020| 12:19 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।