शुक्रबार, भदौ १२, २०८३

सुनसरीका कोरोना संक्रमित कैदीको धरानमा मृत्यु

विराटनगर– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

विराटनगर– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

क्षेत्रीय कारागार झुम्कामा कैद भोगिरहेका सुनसरीको रामधुनी ५ झुम्काका ४३ वर्षका पुरुषको मृत्यु भएको हो। उनको उपचारको क्रममा शुक्रबार साँझ मृत्य भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

गएको १० दिनयता ज्वरो आएका उनलाई इनरुवा अस्पतालबाट शुक्रबार विहान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । शुक्रबार नै गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

यसअघि शुक्रबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मोरङको ग्रामथान २ की महिलाको मृत्यु भएको थियो ।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । मृत्यु हुनेमा १३ महिला र ३३ पुरुष छन् ।

 

 

प्रकाशित: Sep 12, 2020| 06:46 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।