शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा मोरङको ग्रामथान २ की महिलाको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

विराटनगर- कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा मोरङको ग्रामथान २ की महिलाको मृत्यु भएको छ।

कोशी अस्पताल विराटनगरबाट रेफर भएकी ७० वर्षीया महिलाको शुक्रबार दिउँसो साढे ४ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताए।

वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या थपिएपछि राति नै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो। वृद्धामा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने लगायतका धेरै समस्या देखिएको जानकारी उनले दिए। मृतकको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको सिग्देलले बताए।

वृद्धाको मृत्युसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

प्रकाशित: Sep 11, 2020| 19:00 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।