शुक्रबार, भदौ १२, २०८३

गण्डकीमा ४५ जना कोरोना संक्रमित थप

गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

पोखरा- गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो पटक थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) देबचुली ३४, कास्कीको पोखरा महानगरपालिका १० र गोरखाको आरुघाटका एकजना रहेका छन्।

शुक्रबार राति सवा बजे पोखरा महानगरपालिका–५ की ४५ वर्षीय महिलाको पोखरास्थित फिष्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाको संक्रमणले हालसम्म २४ जनाको मृत्यु भएको छ।

प्रदेशमा हालसम्म ५५ हजार ६९९ जनाको पिसिआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनामा कोरोना संक्रमण देखिएको छैन भने उपचारपछि एक हजार ८४९ जना निको भइसकेका छन्।

प्रदेशमा सक्रिय संक्रमितको संख्या ९९२ जना रहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Sep 12, 2020| 14:50 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।