शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुर घटनाको तथ्य खोज्दै प्रहरी, हत्यापछि आत्महत्याको आशंका

भक्तपुर घटनाको तथ्य खोज्दै प्रहरी, हत्यापछि आत्महत्याको आशंका

शुक्रबार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराको एक घरभित्रै ३ जनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

शुक्रबार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराको एक घरभित्रै ३ जनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको धारिलो हतियार प्रहार गरी हत्यापछि सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

३ जनाको अलगअलग कोठामा शव भेटिएको थियो। आमा र छोरा दुबैको शव खटियामा र सुदिपको शव अन्तिम तलाको ढोकामा भेटिएको प्रहरीले जनाएको छ।

‘आमा र छोरा दुबैको टाउकोमा गहिरो चोट देखिएकोले सुदिपले दाउ प्रहार गरी हत्या गरेर आफूले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

उनका अनुसार भित्तामा समेत रगतको छिर्का देखिएको छ। फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्दा दुवैको टाउकोमा गहिरो चोट छ भने सुदिपको बाहिरी चोट देखिँदैन।

घटनास्थलबाट दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। शवमा किरासमेत परिसकेकाले ४–५ दिन पहिले नै घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। सुदिपले वान्ता गरेको देखिएकाले उनले विष सेवन गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

भान्सामा रहेका भात, तरकारी लगायत केही खानेकुरामा पनि विषको जस्तो गन्ध आएकोले परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी गरेको ती अधिकारीले बताए।

प्रहरीका अनुसार कुकुर पनि मृत भेटिएको छ। कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएकाले घटनाको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र एकिन हुने बताए। घटनाबारे भक्तपुर प्रहरीका साथै अपराध महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Sep 12, 2020| 09:17 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।