शुक्रबार, भदौ १२, २०८३

प्रेस काउन्सिल र चिकित्सक संघबीच सहकार्य

प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं- प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ।

यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा बद्री रिजालले आज (शुक्रबार) हस्ताक्षर गरे।

स्वास्थ्य लगायत विभिन्न विषयमा कलम चलाइरहेका सञ्चारकर्मीलाई विषय विज्ञबाट पाठ्यक्रमको प्रारुप तयार गरी तालिम तथा प्रशिक्षण, दक्ष प्रशिक्षक उत्पादन, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता, हकहित र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको जनाइएको छ।

सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले आचारसंहिता उल्लंघनका उजुरीमा द्रुत विधिबाट कारबाही हुँदै आएको जानकारी दिए।

संघका अध्यक्ष डा कार्कीले पत्रकारिता पेशालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर छोटो तथा लामो अवधिको तालिम प्रदान गर्न दुई सस्थाका बीच सहकार्य भएको बताए। रासस

प्रकाशित: Sep 11, 2020| 19:35 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।