विराटनगर १२ को सामुदायिक भवनमा ३० बेडको कोभिड १९ आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसबारे अध्ययन गरिने भएको छ। प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।
चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको छ। काठमाडौं उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ।