शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा‍. केसीको सत्याग्रह : चार बजेसम्म वार्तामा नबोलाए आन्दोलन गर्ने चिकित्सकहरूकाे चेतावनी

डा‍. केसीको सत्याग्रह : चार बजेसम्म वार्तामा नबोलाए आन्दोलन गर्ने चिकित्सकहरूकाे चेतावनी

अनसनरत डा. गोविन्द केसी पक्षसँग वार्ताका लागि सरकारले फेरि बेवास्ता गर्न लागेको भन्दै चिकित्सकहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन्। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं-  अनशनरत डा. गोविन्द केसी पक्षसँग वार्ताका लागि सरकारले फेरि बेवास्ता गर्न लागेको भन्दै चिकित्सकहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन्। 

उनीहरु  अपराह्न चार बजेसम्म सरकारी टोलीले नबोलाएपछि आन्दोलन गर्ने तयारीमा छन्। 

डा. गोविन्द केसीका मागबारे बिहीबार स्थगित वार्ता शुक्रबार बिहानैबाट थाल्ने भनिए पनि सरकारी टोलीले समय नदिंँदा वार्ता हुन नसकेको वार्ता टोलीका सदस्य डा. जीवन क्षेत्रीले जानकारी दिए। 

बिहीबार करिब १० घण्टा भएको वार्ता सकारात्मकरुपमा अगाडि बढेको भए पनि थप छलफल गर्नुपर्ने भएपछि शुक्रबार बिहान वार्ता गर्ने भन्दै स्थगित गरिएको थियो । 

डा. केसीका पक्षबाट वार्तामा रहेका डा. क्षेत्रीका अनुसार हिजो सहमतिका लागि  'ड्राफ्ट' समेत तयार भएको थियो।

सरकारी टोलीले उक्त ड्राफ्टबारे आन्तरिक परामर्श गर्नुपर्ने भनेपछि वार्ता शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको थियो। 

तर, स्थगित भएको १६ घण्टा बितिसक्दा पनि वार्ता सुरु नभएपछि चिकित्सकहरु आन्दोलनमा जाने तयारीमा रहेको डा. केसीका सहयोगी डा. प्रीतम सुवेदीले बताए। 

उता सरकारी टोलीले डा. केसीका केही मागका सम्बन्धमा प्रधानमन्त्री लगायतसँग परामर्श गर्नुपर्ने बताएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र निर्देशक डा. दिनेश काफ्ले बर्खास्तीमा पुगेर वार्ता रोकिएको थियो। 

यसैबीच डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। डा. केसीलाई तलमाथि भएमा त्यसका लागि सरकार जिम्मेवार हुने डा. सुवेदीले बताए। उनले भने, ‘हाम्रो धैर्यको बाँध टुट्यो,  सरकारले अब चार बजेसम्म  वार्ताका लागि नबोलाए आन्दोलनमा उत्रिन्छौं।’

डा. केसीको स्वास्थ्य अवस्था निकै गम्भीर भएको डा. तोसिमा कार्कीले जानकारी दिइन्। उनका अनुसार केसीको शरीरमा अक्सिजनको मात्रा निकै कम भइसकेको छ। उनलाई निमोनिया हुन सक्ने लक्षण देखिएको छ। उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यले डा. केसीको छातीको सिटिस्क्यान गर्नुपर्ने बताएका छन्।

प्रकाशित: Oct 09, 2020| 09:05 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।