शनिबार, भदौ १३, २०८३

सत्याग्रही केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै

 २५ दिनदेखि अनसनरत सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- २५ दिनदेखि अनसनरत सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ। 

उनलाई रिंगटा लाग्ने र अक्सिजन निरन्तर चाहिने भएको  डा केसीका सहयोगी डा तोसीमा कार्कीले बताईन्। 

‘शरिरमा पानी कम हुँदै गएकाले उनको नशा सुक्दै गएको छ,’ डा तोसिमाले भनिन्, ‘त्यसले गर्दा अत्यावश्यक तत्व जाँचका लागि रगतको नमुना लिन सकिएको छैन।’ 

डा केसीमा रक्तचाप कम हुने, शरीर दुख्नेलगाएतका समस्या बढ्दै गएको छ ।

डा केसीहिजो  रातीसम्मपनि वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि आज वार्ता वस्ने भनिएको छ । समयको टुंगो लागेको छैन।

डा केसीले उठाएका मागबारे छलफल गर्न सरकार र केसीका तर्फबाट वार्ता टोली गठन गरिएको छ। 

दुबै पक्षको वार्ता टोलीले हिजो रातिसम्म वार्ता गरे पनि निश्कर्ष भने निस्किएको छैन। आज पुनः वार्ता बस्ने भनिए पनि समय भने तोकिएको छैन्।  

प्रकाशित: Oct 09, 2020| 04:28 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।