आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१, पाँचको मृत्यु

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१, पाँचको मृत्यु

चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको छ। काठमाडौं उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको हो। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको छ। काठमाडौं उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको हो। 

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भएका छन्। त्यस्तै वडा नं १ मा १३,  २ मा आठ,  ३ मा ३६,  ४ मा २८,  ५ मा २९,  ६ मा १६,   ७ मा १५,   ८ मा १०४,  ९ मा १६,  १० मा ३०, ११ मा ५९,  १२ मा ४६,  १३ मा ३५,  १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन्।

कोरोना सङ्क्रमितमध्ये तीन सय ४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ। चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

चन्द्रागिरिले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ। 

कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको छ। 

चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। 

नगरपालिकाभित्रका १० हजार व्यक्तिको पिसीआर परिक्षण गरिएको छ। चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। उक्त नगरपालिकामा १५ वडा छन्।

प्रकाशित: Oct 09, 2020| 03:54 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।