शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमितको संख्या लाख नाघ्यो, सक्रिय २७ हजार

पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १ लाख ६७६ पुगेको हो।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना पुष्टि हुनेको कुल संख्या १ लाख ६७६ पुगेको हो।

पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार २७९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित नेपालमा कुल ११ लाख ४५ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ।

आज २७ हजार ५३ जना सक्रिय संक्रमित छन्। जसमध्ये ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा र १५ हजार ८७७ जना होम आइसोलेसनमा छन्।

हाल ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ।
 

प्रकाशित: Oct 09, 2020| 10:38 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।