शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लायन्स क्लबद्वारा ३० बेडको आइसोलेसन केन्द्र हस्तान्तरण

लायन्स क्लबद्वारा ३० बेडको आइसोलेसन केन्द्र हस्तान्तरण

विराटनगर १२ को सामुदायिक भवनमा ३० बेडको कोभिड १९ आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

विराटनगर– विराटनगर १२ को सामुदायिक भवनमा ३० बेडको कोभिड १९ आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ। 
सय दिनसम्मको व्यवस्थापन क्लबले गर्ने गरि आइसोलेसन सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको लायन्स क्लब ३२५ ए वानका पूर्वगभर्नर लीलाकुमार ढुंगेलले जानकारी दिए।  

आइसोलेसन केन्द्र उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले आईसीयूसहितको प्रबन्ध प्रदेश सरकारले गर्ने बताए। 

कोरोना भाइरस संक्रमण बढ्दै गएकाले कोभिड अस्पताल र आइसोलेसन केन्द्रहरुले मात्र थेग्ने अवस्था नभएको मुख्यमन्त्री राईको भनाइ छ। 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइसोलेसन केन्द्र चिकित्सकीय सेवासहित सञ्चालन गरिने बताए। केन्द्रको सफाइ र स्वास्थ्य व्यवस्थापन प्रदेश सरकारले गर्ने उनले बताए। उनले कोरोना फैलन सक्ने भएकाले चाडपर्व घरमै बसेर मनाउन आग्रह गरे । 

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, लायन्स क्लव ३२५ ए वानका गभर्नर टंकबहादुर श्रेष्ठलगायतले बोलेका थिए।
 

प्रकाशित: Oct 09, 2020| 10:02 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।