शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सक संघले घोषणा गरेको आन्दोलन स्थगित, वार्ता अझै सुरु भएन

चिकित्सक संघले घोषणा गरेको आन्दोलन स्थगित, वार्ता अझै सुरु भएन

नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै संघले आजदेखि चरणबद्ध आन्दोलनका  कार्यक्रम घोषणा गरेको थियो। 

डा. केसीसँग सरकारले वार्ता सुरु गरेपछि संघले आन्दोलन स्थगित गरेको हो। संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ।

सरकारले टोली बनाएर वार्ता अगाडि बढाएको र कोभिड–१९ को महामारीलाई समेत ध्यानमा राख्दै संघले घोषणा गरेका कार्यक्रम स्थगित गरेको हो।

बिहीबारबाट सुरु भएको डा. केसी र सरकार पक्षको वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताइएको छ।

डा. केसी पक्ष र सरकार पक्षबीच बिहीबार बिहानदेखि सुरु भएको वार्ता रातिसम्म टुंगो नलागेपछि आज बस्ने गरी स्थगित भए पनि अहिलेसम्म सुरु भएको छैन।

प्रकाशित: Oct 09, 2020| 06:38 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।