शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङ र सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु 

मोरङ र सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु 

मोरङको रंगेली र सुनसरी धरानका कोराना संक्रमित दुई पुरुषको नोबेल शिक्षण अस्पताल  विराटनगरमा मृत्यु भएको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

विराटनगर- मोरङको रंगेली र सुनसरी धरानका कोराना संक्रमित दुई पुरुषको नोबेल शिक्षण अस्पताल  विराटनगरमा मृत्यु भएको छ। 
 
अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार मोरङको रंगेली नगरपालिका ४ का ७२ वर्षीय संक्रमित पुरुषको बिहीबार राति साढे नौ बजे मृत्यु भएको हो।

बुधबार बिहान अस्पताल ल्याइएका उनको आइसोलेसनमा उपचार भइरहेको थियो। श्वासप्रश्वासमा समस्या भएकोभन्दै गम्भीर अवस्थामा ल्याइएका पुरुषलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पिसीआर गर्दा कोरोना भाइरस संक्रण देखिएको थियो।  
 
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ७ बजेतिर मृत्यु भएको प्रबन्धक दाहालले बताए। 

उनका अनुसार श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या भएका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो। 
 
दुवै शवको व्यवस्थापन नियम अनुसार हुने उनको भनाइ छ। 
 
 

प्रकाशित: Oct 09, 2020| 03:28 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।