शनिबार, भदौ १३, २०८३

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

प्रतिष्ठानको कोराना अस्पतालमा उपचारका लागि असोज २२ गते भर्ना भएका ६८ वर्षीय पुरुषको गए राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता आशिष श्रेष्ठले जनाएका छन्। 

इटहरी ६ सुनसरीका तीं पुरुषलाई  असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

त्यस्तै दहवीका ५२ वर्षीय पुरुषको पनि राति दुई बजे मृत्यु भएको छ। कोरो संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोरोना अस्पतालमा उनलाई असोज १२ गते भर्ना गरिएको थियो।  

उनलाई मृगौलासम्बन्धि समस्या समेत भएको अस्पतालले जनाएको छ। दुवै शवको नियमानुसार व्यवस्थापन भइरहेको अस्पतालले जनाएको छ। 
 

प्रकाशित: Oct 09, 2020| 03:22 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।