शनिबार, भदौ १३, २०८३

नोबेल शान्ति पुरस्कार डब्ल्यूएफओलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफओ) ले पाउने भएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं-  यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफओ) ले पाउने भएको छ। 

नोबेल कमिटीले विश्वभरमा भोकमरी हटाउन र पीडितको सहयोगमा अहम् भूमिका निर्वाह गरेकाले डब्ल्यूएफओलाई पुरस्कारका लागि चयन गरिएको जनाएको छ। 

नोबेल कमिटीका अध्यक्ष बेरिट राइस एन्डर्सनले सन् २०१९ मा ८८ देशका करिब १० करोड मानिससम्म डब्ल्यूएफओको सहयोग पुगेको उल्लेख गरेका छन्। 

डब्ल्यूएफओ विश्वभरमा भोकमरी हटाउन र खाद्य सुरक्षालाई बढावा दिने सबैभन्दा ठूलो संगठन हो। 

कोरोना संकटका बेला संगठनको महत्त्व अझै बढी भएको छ। 

यसवर्ष विभिन्न विषयमा सन् २०२० का लागि चार महिलालाई नोबेल पुरस्कारका लागि चयन गरिएको छ। सन् २०१९ मा पाँच महिलाले नोबेल पुरस्कार पाएका थिए।

सन् २०१९ मा नोबेल शान्ति पुरस्कार इथियोपियाकी प्रधानमन्त्री अबीय अहमदले पाएकी थिइन्। एरिट्रियासँग युद्धपछि २० वर्षदेखि चलिरहेको द्वन्द्व समाधान गरेको भन्दै उनलाई शान्ति पुरस्कारका लागि चुनिएको थियो। 
 

प्रकाशित: Oct 09, 2020| 09:57 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।