नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा टुंगो लगाउने नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो।
वैधानिकतामा प्रश्न नउठ्ने गरी महाधिवेशनको मिति सार्ने तयारी भइरहेको देउवा निकट एक नेता बताउँछन्। उनका अनुसार महाधिवेशन सार्न कानुनी छिद्र फेला परिसकेको छ।
एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरू छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन उनीहरूले पहल गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा अल्मलिएर नहुने भन्दै छिटो टुंग्याउन आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।
नेकपा एमालेको माधवकुमार नेपाल समूह भने तत्काल सरकारमा नजाने भएको छ। नेपाल समूहले सरकारमा नजाने बताएसँगै सत्तारुढ तीन दलले पावर सेयरिङमा सहमति जुटाएका हुन्।
सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका पूर्वमाओवादी केन्द्रका चार नेताको मुद्दाको सुनुवाइ न्यायाधीश दिपककुमार कार्कीको इजलासमा हुने भएको छ।