शुक्रबार, भदौ ५, २०८३

संसद् बैठक रोकेर एमालेसँगको छलफलमा जुटे सभामुख

संसद् बैठक रोकेर सभामुख अग्‍निप्रसाद सापकोटा नेकपा एमालेसँग छलफलमा जुटेका छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- संसद् बैठक रोकेर सभामुख अग्‍निप्रसाद सापकोटा नेकपा एमालेसँग छलफलमा जुटेका छन्। एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध सिर्जना गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेर गतिरोध अन्त्यका लागि छलफलमा जुटेका हुन्। 

सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल भइरहेको छ। बैठक संघीय संसद भवनको सभामुख कक्षमा छलफल चलिरहेको छ।

एमालेले बुधबार संसद् बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुखविरुद्ध नाराबाजी गरेको थियो। लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन्। 

एमालेले सभामुख सापकोटाले संसदीय मर्यादा कायम नगरेको भन्दै रोष्टम अगाडि उभिएर नाराबाजी गरेका हुन्। 

प्रकाशित: Sep 08, 2021| 17:05 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...